सुटमा सजिए कुमार बेन, भारत भ्रमणमा फेरियो पहिरन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार वेन यसपटक फरक पहिरनमा देखिएका छन्। प्रायः अनौपचारिक पोशाकमा देखिने वेन प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भने औपचारिक पहिरनमा सजिएका हुन् ।

भारत भ्रमणका लागि प्रधानमन्त्रीसहितको टोली विमानस्थल पुग्दा वेन कालो सुट, सर्ट र टाईमा देखिए। सामान्यतः चेक सर्ट, ज्याकेट तथा अनौपचारिक पहिरनमा सार्वजनिक कार्यक्रममा उपस्थित हुने उनी यसपटक भने औपचारिक पोशाकमा देखिएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहका निकट सहयोगीका रूपमा परिचित वेन काठमाडौं महानगरपालिकाको मेयर रहँदादेखि नै बालेनको टिममा सक्रिय छन्। बालेन प्रधानमन्त्री बनेपछि पनि उनले प्रमुख सल्लाहकारको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको सचिवालयमा उनको भूमिका राजनीतिक तथा प्रशासनिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

यसअघि उनको भारतसँगको सम्पर्कलाई लिएर पनि सार्वजनिक वृत्तमा चर्चा भएको थियो । एक सञ्चारमाध्यमले उनी नयाँदिल्ली पुगेको र भारतीय अधिकारीहरूसँग भेटघाट गरेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । यद्यपि वेनले उक्त भ्रमण र भेटघाटबारे सार्वजनिक रूपमा अस्वीकार गरेका थिए ।

यसपटक भने उनी प्रधानमन्त्रीको औपचारिक भारत भ्रमण टोलीका सदस्यका रूपमा सहभागी भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उनको औपचारिक पहिरनले पनि विमानस्थलमा उपस्थित सञ्चारकर्मी र सार्वजनिक वृत्तको ध्यान खिचेको छ ।

अनौपचारिक पहिरनमा बढी देखिने वेनको सुट अवतारले यसपटक प्रधानमन्त्रीको भ्रमणमा उनको फरक रूप देखाएको छ ।

Share News