प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा प्रधानमन्त्रीसहित ३५ जना सहभागी भएका छन् । 

भ्रमण टोलीमा मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मी समेटिएका छन् ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा गएका छन् । प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि टोलीमा सहभागी छन् ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ पनि भ्रमण टोलीमा छन् । 

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत यांकी उक्याबसहित विभिन्न सरकारी निकायका अधिकारीसमेत भ्रमणमा सहभागी भएका छन् ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका अधिकारी, प्रधानमन्त्रीका निजी तथा प्रेस सचिवालयका सदस्य, सुरक्षाकर्मी र सञ्चारकर्मी पनि समेटिएका छन् । 

उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व रहेको भ्रमण टोलीले भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा हुने छलफलमा सहभागिता जनाउनेछ ।

प्रधानमन्त्री शाह भारतमा रहँदा उनको अनुपस्थितिमा सरकार सञ्चालनको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ । प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

१. बालेन्द्र शाह – प्रधानमन्त्री

२. स्वर्णिम वाग्ले – अर्थमन्त्री

३. शिशिर खनाल – परराष्ट्रमन्त्री

४. कुमार ब्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

६. विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार

७. गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

८. अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय

९. रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

१०. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव

११. यांकी उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल

१२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार

१३. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव

१४. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

१५. कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

१६. लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय

१७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय

१८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय

१९. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

२०. दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक

२१. ललिता सिवाकोटी – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

२२. विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

२३. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव

२४. दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय

२५. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

२६. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक

२७. मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी

२८. प्रहरी नायब उपरीक्षक दीपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी

२९. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया)

३०. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र

३१. कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति

३२. अशोक कुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन

३३. प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

३४. मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहायक

३५. मुकेश डंगोल – क्यान डीजी

Share News