ऊर्जामन्त्री श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् ।

प्रधानमन्त्री बालेन शाह राजकीय भ्रमणका लागि भारत जान लागेपछि मन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा कार्यवाहक तोक्ने व्यवस्था छ । सोहीअनुसार ऊर्जामन्त्रीलाई कार्यवाहक तोकिएको हो ।

प्रधानमन्त्री शाह भारत प्रस्थान भइसकेका छन् ।

प्रधानमन्त्री शाह भारत प्रस्थान

Share News