नेपाल राष्ट्र बैंकमा ६१ जनालाई जागिरको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी बुधबार विज्ञापन प्रकाशित गरेको हो ।

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना कर्मचारी माग गरिएको छ ।

त्यस्तै, लेखा तथा लेखापरीक्षणतर्फ सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फ २ जना र सूचना प्रविधितर्फ ४ जना कर्मचारी माग गरिएको छ ।

यसैगरी, सहायक द्वितीय श्रेणीअन्तर्गत सहायक पदमा २६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ । सबै पदमा खुला तथा समावेशी समूहबाट पदपूर्ति गरिने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २०८३ मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उम्मेदवारले नेपाल राष्ट्र बैंकको वेबसाइटको ‘Career’ अन्तर्गत ‘Online Portal for Open Competition’ वा बैंकको जब्स पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । 

null

Share News