लेमन ट्री प्रिमियर बुढानीलकण्ठको ब्रान्ड एड्भोकेटमा श्वेता खड्का

काठमाडौं । अभिनेत्री तथा सफल उद्यमी श्वेता खड्का लेमन ट्री प्रिमियर बुढानीलकण्ठको ब्रान्ड एड्भोकेट नियुक्त भएकी छन् । होटलले उनलाई आफ्नो ब्रान्ड एड्भोकेटका रूपमा आधिकारिक रूपमा स्वागत गरेको हो ।

नोभेम्बर १६, २०२६ देखि लागू हुने गरी श्वेता खड्कासँगको सहकार्य औपचारिक रूपमा सुरु भएको होटलले जनाएको छ ।

नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल खड्का अभिनयसँगै चलचित्र निर्माण तथा उद्यमशीलताको क्षेत्रमा पनि सक्रिय छिन् । आफ्नो प्रतिभा, लगनशीलता र सकारात्मक व्यक्तित्वका कारण उनले नेपाली दर्शकमाझ विशेष स्थान बनाएकी छन् ।

मनोरञ्जन क्षेत्रमा पुर्याएको योगदानसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा देखाएको सक्रियताले उनलाई प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरेको होटलले जनाएको छ ।

काठमाडौंको बुढानीलकण्ठस्थित शान्त र रमणीय वातावरणमा रहेको लेमन ट्री प्रिमियर बुढानीलकण्ठ आधुनिक सुविधा, गुणस्तरीय सेवा तथा विशिष्ट आतिथ्य अनुभव प्रदान गर्दै आएको होटल हो ।

Share News