काठमाडौं । अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्ममा ५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले अघिल्लो आव २०८२/८३ को असोजसम्म ९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४६.०९ प्रतिशतले घटेको छ । चालु आवको असोजसम्ममा कम्पनीले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.१९ प्रतिशतले बढेको छ ।
असोजसम्ममा कम्पनीले १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.९६ प्रतिशतले बढेको छ ।
चालु आवको पहिलो त्रैमाससम्मममा कम्पनीको महाविपत्ति कोषमा ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषामाा ६४ करोड ९९ लाख रुपैया थियो । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ३२ करोड २४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ५९ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ३२ करोड ५ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ३४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा समीक्षा आवमा कम्पनीको जीवन बीमा कोषको आकार १२.३५ प्रतिशतले बढेको छ ।