एशिएन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्ममा १६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले अघिल्लो आव २०८२/८३ को असोजसम्म १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ५.७९ प्रतिशतले बढेको छ ।  चालु आवको असोज मसान्तसममा कम्पनीले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.१५ प्रतिशतले बढेको छ ।

असोजसम्ममा कम्पनीले २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही  अवधिमा कम्पनीले २ अर्ब २८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन २१.३७ प्रतिशतले बढेको छ ।

चुक्तापुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ थियो ।
त्यस्तै असोजसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ६७ करोड ३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ५२ करोड ६७ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड १४ लाख रुपैयाँ थियो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा जीवन बीमा कोषमा ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार १२.३९ प्रतिशतले बढेको छ ।


 

Share News