काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ११० कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३३५ कम्पनीको ७८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घोराही सिमेन्टको भएको छ । घोराहीको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सानिमा माइ हाइड्रोको १६ करोड, शिवम् सिमेन्टको ९ करोड र ग्लोबल आइएमई बैंकको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा अधिकांश उपसमूहको परिसूचक घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी प्रभावित भएको छ भने होटल तथा पर्यटन र जलविद्युत् समूहमा वृद्धि देखिएको छ ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.७९ प्रतिशतले घटेर १० हजार ४५६.०७ विन्दुमा झरेको छ। त्यस्तै, जीवन बीमा समूह ०.६७ प्रतिशतले घटेर ११ हजार ८१७.५५ विन्दुमा कायम भएको छ ।
अन्य समूहको परिसूचक ०.९४ प्रतिशतले घटेको छ । वित्त समूह ०.४७ प्रतिशत, लघुवित्त र म्युचुअल फन्ड दुवै ०.४३ प्रतिशत तथा बैंकिङ समूह ०.२३ प्रतिशतले घटेका छन् । लगानी समूहमा ०.२२ प्रतिशतको गिरावट आएको छ।
यता निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी ०.३३ प्रतिशतले बढेको छ । जलविद्युत् समूह ०.२७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.२४ प्रतिशतले उकालो लागेका छन् । विकास बैंक समूहमा ०.०४ प्रतिशतको सामान्य वृद्धि देखिएको छ ।
व्यापार समूहको परिसूचक भने करिब स्थिर रहेको छ ।