काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको १३९औँ बैठकले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ ।
कम्पनीले प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ का लागि बस्ने १२औँ वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ ।
प्रस्तावित लाभांशअनुसार सेयरधनीले १४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।