काठमाडौं । सर्वोच्च अदालतमा रिक्त रहेका पाँच न्यायाधीश पदमध्ये चार पदमा नियुक्ति भएको छ । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्च अदालतको न्यायाधीशमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी नियुक्त भएका हुन् ।
न्याय परिषद्को सिफारिसअनुसार राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेका हुन्। अब सर्वोच्च अदालतमा एक न्यायाधीश पद रिक्त रहनेछ ।