काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको कात्तिक २० गते शुक्रबार बसेको सञ्चालक समितिको ६५७औँ बैठकले हाल कायम चुक्ता पुँजीको ७.४८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ३.७० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले कुल ३३ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ लाभांश वितरण गर्नेछ ।
बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा रहेको छ । सोही पुँजीका आधारमा १६ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ बराबरको बोनस सेयर र १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।