काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले बढेको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा शुक्रबार ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन ३३६ कम्पनीका १ करोड ७ लाख १३ हजार कित्ता सेयर ३३ हजार २१५ पटकको कारोबारमा किनबेच भएका छन् ।
शुक्रबार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १४.०८ प्रतिशतले बढेको छ । त्यस्तै, बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन घोराही सिमेन्ट इन्डस्ट्रीको सेयर मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डस्ट्री शीर्ष स्थानमा रहेको छ । कम्पनीको २१ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको साढे १२ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको करिब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।
यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८८ प्रतिशतले घटेको छ । बाँकी १२ उपसमूहको परिसूचक भने सामान्य अंकले बढेका छन् ।