काठमाडौं । नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति प्रदान गरेको छ ।
बोर्डले कम्पनीलाई कात्तिक १९ गते विवरणपत्र प्रकाशन तथा सेयर निष्कासनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यसअनुसार कम्पनीले १७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब निष्कासन मिति तय गरी सेयर बिक्री प्रक्रिया अघि बढाउनेछ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिनेछ ।