एनपीएलमा आज लुम्बिनी र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा काठमाडौं गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

लुम्बिनी ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ भने काठमाडौं ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।

लुम्बिनी प्रतियोगितामा अहिलेसम्म अपराजित छ । चार खेल खेलेको लुम्बिनीले तीन खेलमा जित हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ ।

काठमाडौंले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । आजको खेल जित्दै लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने काठमाडौं शीर्ष टोलीलाई पराजित गर्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ ।

Share News