काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पच्छ्याएको कर्णालीले ७ विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सक्यो ।
खेलमा जित हासिल गरेसँगै सुदूरपश्चिम ६ अंक प्राप्त गरी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । साथै सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बनेको छ ।
त्यसअघि टस हार्दै ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४ रन बनाए ।
त्यस्तै, इशान पाण्डेले २३, थरिन्दु रथनायकेले २२, अविजित रहेका स्कट कुगेलेइन १३, आरिफ शेखले ११ र कप्तान दीपेन्द्र ऐरीले १० रन बनाए ।
कर्णालीका लागि डेविड मिलरले ९३ र दिपक डुम्रेले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंंकको स्कोर छुन सकेनन् ।
कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए । त्यसैगरी, नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट लिए ।