चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शुक्रबार (आज) को दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको हो ।

चितवन टस हारेर ब्याटिङमा उत्रिएको हो । 

दुबै टिमको यो चौथो खेल हो । जारी प्रतियोगितमा पोखरा जितविहीन रहँदै तालिकाको पुछारमा छ भने चितवन ३ खेलबाट ३ अंकसहित सातौं स्थानमा छ । 

आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो ।

Share News