काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।
चालु आवको असोजसम्ममा बैंकको ब्याज आम्दानी १०.६५ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ३० लाख ६५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६ करोड ६३ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७.४९ प्रतिशत घटेर १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ६२ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ५.०७ प्रतिशत बढेर ३६ करोड ८८ लाख ३९ हजार रुपैयाँ, खुद व्यापार तथा अन्य सञ्चालन आम्दानी १८.८६ प्रतिशत घटेर १६ करोड ३ लाख ४९ हजार रुपैयाँ, खुद गैर सञ्चालन आम्दानी २४३.४६ प्रतिशत बढेर ४ करोड ३८ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
यस्तै, समीक्षा अवधिमा बैंकको ब्याज खर्च १२.८५ प्रतिशत घटेर २ अर्ब ९ करोड १५ लाख ४८ हजार रुपैयाँ, इम्पेरिमेन्ट चार्ज ३७.९३ प्रतिशत घटेर १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ, सञ्चालन खर्च १.६५ प्रतिशत बढेर ८६ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने सञ्चित नाफा ४४ करोड ८४ लाख १५ हजार रुपैयाँ रहेको छ ।
असोजसम्ममा बैंकको निक्षेप संकलन १२.७८ प्रतिशत बढेर २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ र कर्जा प्रवाह ४.२१ प्रतिशत बढेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिसम्मा बैंकले २ खर्ब १५ अर्ब २२ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ८ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७५.७२ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १४.१८ रुपैयाँ धनात्मक रहेको छ । जबकि गत वर्षको असोजमा बैंकको प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक थियो ।
समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ६.८४ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ५.७८ प्रतिशतमा झारेको छ । बैंकको पुँजी कोष १२.५२ प्रतिशत रहेको छ ।