सोलुखुम्बुमा भारी हिमपात

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित पर्यटकीय क्षेत्र दिङबुचेमा भारी हिमपात भएको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो । 

हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै चिसो अत्यधिक बढेको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

मौसममा सुधार अझै केही दिन लाग्ने भएकाले हिमाली क्षेत्रमा पदयात्रामा नजान र गएकाहरू पनि सुरक्षित ठाउँमा बस्न प्राधिकरणले आग्रह गरेको छ ।

Share News