बिचौलिया इनमको भीआईपी कनेक्सन खोतल्न एसपीको नेतृत्वमा छुट्टै अनुसन्धान समिति

फाइल तस्बिर ।

काठमाडौं । बिचौलियाका रूपमा चिनिएका इनम सापकोटासँग उच्चपदस्थ व्यक्तिहरूको सम्बन्ध खुल्न थालेपछि प्रहरीले अनुसन्धानका लागि छुट्टै समिति गठन गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा समिति गठन गरिएको हो ।

रेग्मी नेतृत्वको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटामाथि अनुसन्धान सुरु भइसकेको  प्रहरी स्रोतको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि सापकोटा पक्राउ परेका थिए । हाल हिरासतमा रहेका उनीमाथि अनुसन्धान अघि बढ्दै जाँदा अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि सम्पर्क रहेको विवरण फेला पर्न थालेको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग सापकोटाको सम्पर्क देखिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको हो ।

पाँचतारे होटलमा मिटिङ, भीआईपीका मुद्दाबारे छलफल

प्रधानन्यायाधीशले भने : इनम सापकोटासँग मेरो कुनै सम्पर्क र सम्बन्ध छैन

Share News