काठमाण्डू गोर्खाजले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार (आज) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको काठमाण्डू जनकपुरविरुद्ध १९.३ ओभरमा ११५ रनमै समेटियो ।

काठमाण्डूका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ र सुनित महर्जनले १० रन जोडे । 

काठमाण्डूलाई ११५ रनमा समेट्न राहुल यादवले ४ विकेट लिए । त्यस्तै, सैफ हसनले दुई तथा हरमित सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए । 

Share News