काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग सम्झौता गरेको छ । बैंकले ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवा सञ्चालनका लागि भिजासँग सम्झौता गरेको हो ।
भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
सम्झौतापछि एनएमबि बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प प्राप्त गर्नेछन् । यो प्रविधिमार्फत ग्राहकले झन्झटविना थप भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकको विश्वास छ ।
एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।