काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलीट ल्यान्ड प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स् बैंक र एथलीट ल्यान्डबीच हस्ताक्षर भएको हो। समझदारीअनुसार बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकले एथलीट ल्यान्डमा खरिद तथा उपलब्ध सेवामा तोकिएको सर्तअनुसार १५ प्रतिशतसम्म छुट पाउनेछन्।
यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ।
डिजिटल कारोबार गर्दा उपलब्ध हुने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा हेर्न सकिनेछ।
सिटिजन्स् बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स् फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। बैंकले युवालाई लक्षित ‘सिटिजन्स् जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स् डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ।
त्यसैगरी, बैंकले फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक बचत खाता सुरु गरेको छ। नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि बैंकले उपलब्ध गराएको जनाएको छ।
बैंकले क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको छ। यस सुविधामार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स् बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन्।
बैंकका अनुसार देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधिसमेत प्राप्त गरेको जनाएको छ।