कुशल मल्ल टिममा पनि परेनन्, विदेशी खेलाडी बोपाराले गरे कप्तानी

विराटनटरले टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्धको खेलमा कप्तान परिवर्तन गरेको छ । चितवनको कप्तानी यसअघिका खेलमा कुशल मल्लले गर्दै आएकोमा आजको खेलमा रवि बोपाराले नेतृत्व गरिरहेका छन् ।

विराटनगरविरुद्धको खेलमा कुशल मल्ल प्लेइङ ११ मा परेका छैनन् । उनको अनुपस्थितिमा इंग्ल्यान्डका अनुभवी खेलाडी बोपाराले टोलीको नेतृत्व सम्हालेका हुन् ।

खेलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । टस हारेपछि चितवनका कप्तान बोपाराले पहिले ब्याटिङ गर्दै राम्रो योगफल बनाउने र त्यसलाई जोगाउने रणनीति रहेको बताए ।

‘मैले पछिल्ला खेलहरूमा नौ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर त्यसलाई जोगाउने प्रयास गर्छौं,’ उनले भने ।

एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोज र विराटनगर किंग्स दुवै टोलीले आज पहिलो खेल खेल्दैछन् । पहिलो खेलमै कप्तानी परिवर्तन र नयाँ रणनीतिका साथ मैदान उत्रिएको चितवनले बोपाराको नेतृत्वमा कस्तो प्रदर्शन गर्छ भन्ने चासो रहनेछ । 
 

Share News