काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको आधिकारिक टुर एन्ड ट्राभल पार्टनरमा रुप्से होलिडेज बनेको छ ।
विराटनगर किंग्सले रुप्से होलिडेजलाई टोलीको आधिकारिक टुर एन्ड ट्राभल पार्टनरका रूपमा घोषणा गरेको हो। टोलीले साझेदारीको घोषणा गर्दै रुप्से होलिडेजलाई ‘किंग्स परिवार’मा स्वागत गरेको जनाएको छ।
एनपीएलमा सहभागी फ्रेन्चाइज टोलीहरूले प्रतियोगिताको तयारी, व्यवस्थापन तथा व्यावसायिक साझेदारीलाई प्राथमिकता दिँदै आएका छन्।
विराटनगर किंग्स र रुप्से होलिडेजबीचको साझेदारी पनि टोलीको व्यावसायिक सहकार्य विस्तार भएको रुप्से होलिडेजले जनाएको छ ।
काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजको कार्यालय रहेको छ । होलिडेजले नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको छ ।
रुप्से होलिडेजले आन्तरिक पर्यटन र ट्राभल एण्ड टुरिज्मको क्षेत्रमा लामो समयदेखि सेवा दिँदै आएको छ ।