सरकारले थप १० अर्ब रुपैयाँ ऋण उठाउँदै

काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बिक्रीमार्फत उक्त रकम जुटाउन लागेको हो ।

कार्यालयका अनुसार ६ वर्ष अवधिको ‘विकास ऋणपत्र-२०८९’ बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ । ऋणपत्रका लागि कात्तिक ११ गते बोलकबोल हुने र कात्तिक १२ गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन् । यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले लगानी गर्न पाउनेछन् ।

सरकारले सार्वजनिक खर्च व्यवस्थापन तथा वित्तीय आवश्यकता पूरा गर्न विकास ऋणपत्रमार्फत आन्तरिक बजारबाट ऋण उठाउँदै आएको छ । यस्तो ऋणपत्रमा लगानीकर्ताले तोकिएको अवधिसम्म सरकारलाई रकम उपलब्ध गराउँछन् भने सरकारले निर्धारित सर्तअनुसार साँवा तथा ब्याज भुक्तानी गर्छ ।

Share News