एनपीएलको तेस्रो संस्करणअघि ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटको उत्साहलाई संगीतसँग जोड्ने उद्देश्यले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।

क्रिकेट मैदानमा खेलाडीहरूले प्रदर्शन गर्ने जोश, जितका लागि हुने प्रतिस्पर्धा र समर्थकहरूको उत्साहलाई समेटेर कम्पनीले एन्थम तयार पारेको हो । 

यसमार्फत क्रिकेटप्रेमीहरूलाई सांगीतिक रूपमा समेत जोड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । 

कम्पनीले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको हो । 

त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन सम्झौता गरेको छ ।

सार्वजनिक एन्थममा युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ । यसको संगीत सिर्जना तथा संयोजन सुरज शाहीले गरेका हुन् भने निर्माण एनएफटीपी टिमले गरेको हो ।

विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर एन्थम तयार गरिएको कम्पनीले जनाएको छ ।

हरेक बलसँगै बढ्ने उत्सुकता, चौका–छक्कामा दर्शकले व्यक्त गर्ने खुसी र आफ्नो टोलीको जितप्रतिको चाहनालाई संगीतमार्फत प्रस्तुत गरिएको छ । खेलाडीहरूको जित्ने अठोट र टोलीप्रति समर्थकहरूको विश्वासलाई एउटै सांगीतिक लयमा समेट्ने प्रयास गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ‘एक्स्ट्रीम एन्थम’ केवल सांगीतिक प्रस्तुति मात्र नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक प्रयास हो । 

यसले खेलाडी र समर्थकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपाली क्रिकेटको माहोललाई अझ ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ ।

‘एक्स्ट्रीम एन्थम’ कम्पनीको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।

Share News