एनपीएलमा १ अर्ब ५० करोडको कारोबार हुने, विजेताले १ करोड ५० लाख पाउने

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा १ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम बहादुर खड्काले साे जानकारी दिए । 

खड्काका अनुसार प्रतियोगितामा नेपाल क्रिकेट संघसँग सम्बन्धित ७० देखि ७५ करोड रुपैयाँ र विभिन्न टोलीको खर्चसमेत जोड्दा कुल कारोबार करिब १५० करोड रुपैयाँ पुग्नेछ ।

प्रतियोगितामा विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । त्यस्तै, पहिलो उपविजेता टोलीले ८० लाख, दोस्रो हुने टोलीले ४० लाख र तेस्रो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Share News