काठमाडौं । कुनै पनि टिमले खेलाडीको नाम औपचारिक रूपमा सार्वजनिक नगर्दै विभिन्न सञ्चारमाध्यममा नाम सार्वजनिक हुँदा नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न प्रश्नको सामना गर्नुपरेको छ ।
क्यानका सचिव पारस खड्काले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । टोली वा संघले खेलाडीको नाम सार्वजनिक गर्नुअघि नै सञ्चारमाध्यममा नाम आउने गरेको भन्दै खड्काले यस्तो विषयमा आधिकारिक सूचना र पुष्टि आवश्यक रहेको बताएका छन्।