पाउन्ड २०२ रुपैयाँ पार, डलर १५१ रुपैयाँ माथि

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार पाउन्ड र युरोको मूल्य उच्च बिन्दुमा देखिएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावस्वरूप केन्द्रीय बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा र खरिददर १५० रुपैयाँ ८४ पैसा तोकेको छ। युके पाउन्ड स्ट्रलिङको बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा र युरोपियन युरोको बिक्रीदर १६९ रुपैयाँ ९० पैसा पुगेको छ।

क्यानेडियन र अष्ट्रेलियन डलरको बिक्रीदर क्रमशः १०७ रुपैयाँ ७६ पैसा र १०६ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले आफ्नै आवश्यकता र बजार अनुसार फरक विनिमय दर तोक्न सक्ने स्पष्ट पारेको छ।

Share News