काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा बुधबार शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट राष्ट्रपति पौडेलले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपतिले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार परिवारका सदस्यहरूले शुभसाइतमै टीका तथा जमरा ग्रहण गरेका हुन् ।
विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।