काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.५६ अंकले बढेर २६२५ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छ ।
बिहीबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै एपीआई पावरको २२ करोड, घलेम्दी हाइड्रोको १८ करोड, पिपुल्स हाइड्रोको १२ करोड र ग्रिन भेन्चरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बेनी हाइड्रोको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा कारोबार भएका अधिकांश उपसूचक बढेका छन् । बैंकिङ, उत्पादन तथा प्रशोधन र अन्य समूहका उपसूचक घटेका छन् भने बाँकी १० उपसूचकमा वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचक ०.५४ प्रतिशतले बढेर ९ हजार ५८६.३३ विन्दुमा पुगेको छ । त्यस्तै, वित्त उपसूचक १.०३ प्रतिशतले बढेर २ हजार २०४.८४ विन्दुमा पुगेको छ । विकास बैंक उपसूचक ०.३५ प्रतिशतले बढेर ५ हजार ४८७.५६ विन्दुमा पुगेको छ ।
जलविद्युत् उपसूचक ०.६० प्रतिशतले बढेर ३ हजार ५४२.५० विन्दुमा पुगेको छ भने होटल तथा पर्यटन उपसूचक ०.२७ प्रतिशतले बढेर ६ हजार ८९२.४७ विन्दुमा पुगेको छ । जीवन बीमा उपसूचक ०.१६ प्रतिशतले बढेर ११ हजार ९३१.५९ विन्दुमा पुगेको छ । लघुवित्त उपसूचक ०.३८ प्रतिशत, लगानी उपसूचक ०.७८ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.२४ प्रतिशतले बढेका छन् ।
यता, बैंकिङ उपसूचक ०.१६ प्रतिशतले घटेर १ हजार ५६३.०७ विन्दुमा झरेको छ । उत्पादन तथा प्रशोधन उपसूचक ०.०६ प्रतिशतले घटेर १० हजार ५७४ विन्दुमा र अन्य उपसूचक ०.१९ प्रतिशतले घटेर १ हजार ७८१.३५ विन्दुमा पुगेका छन् । कारोबारमा ट्रेडिङ उपसूचक सबैभन्दा धेरै ०.५५ प्रतिशतले घटेर ३ हजार २०५.२३ विन्दुमा झरेको छ ।