काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणनामा महामन्त्रीतर्फ प्रदीप पौडेल र उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन् ।
कुल ७ हजार ४३ मत खसेको निर्वाचनमा २ हजार २३१ मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका ई. मधु आचार्यले ७१२ मत पाएका छन् । सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् । खुला उपसभापतिमा दुई जना निर्वाचित हुनेछन् ।
समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् । जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन् । यस समूहबाट एक जना निर्वाचित हुनेछन् ।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले १ हजार ३८१ मतसहित अग्रता कायम गरेका छन् । उदयशमशेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन् । खुला महामन्त्रीमा दुई जना निर्वाचित हुनेछन् ।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन् । महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ र रिता खनालले २५१ मत पाएकी छन् । महिला महामन्त्रीमा एक जना निर्वाचित हुनेछन् ।
मतगणना जारी रहेकाले यी परिणाम प्रारम्भिक हुन् । अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।
यस्ताे छ पाएकाे मत :
कांग्रेस महाधिवेशनमम कूल खसेको मत : ७०४३
गणना : २२३१
उपसभापति (खुल्ला-२ जना)
१. गोविन्द भट्टराई - ६०९
२. डा. चन्द्रकान्त भण्डारी - १०५७
३. प्रा. डा. चन्द्रमोहन यादव - १९३
४. दीपक गिरी - ३०१
५. धनराज गुरुङ्ग - ४०६
६. ई. मधु आचार्य - ७१२
७. सुरेन्द्रराज पाण्डे - ६८०
उपसभापति (समावेशी-१ जना)
१. जीवन परियार - ५७८
२. फरमुल्लाह मन्सुर -२८५
३. विनोद कुमार चौधरी - ६१५
४. रञ्जित कर्ण -१८३
५. सीता गुरुङ्ग - ३३४
महामन्त्री (खुल्ला- २ जना )
१. अमरसिंह पुन - ६९५
२. उदय शम्शेर राणा - ७८६
३. गुरुराज घिमिरे - ३२८
४. नैनसिंह महर - २७०
५. प्रदीप पौडेल - १३८१
६. शंकर तिवारी - ४६
७. डा. सन्तोष उपाध्याय - २८
८. डा. सुनिल कुमार शर्मा - ५२६
महामन्त्री (महिला-१ जना)
१. डा. डिला संग्रौला (पन्त)- ९६५
२. महालक्ष्मी उपाध्याय (डिना) - ९५२
३. रिता खनाल - २५१