कांग्रेस निर्वाचन समिति र उम्मेदवारबीच बैठक सुरु, केही बेरमै मतगणना हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन समिति र उम्मेदवारबीच बैठक सुरु भएको छ । बैठकपछि केही बेरमै मतगणना सुरु हुने तयारी गरिएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा उपसभापति र महामन्त्री पदका उम्मेदवार मात्रै सहभागी छन् ।

मतगणना सुरु गर्नुअघि निर्वाचन प्रक्रिया र व्यवस्थापनका विषयमा छलफल भइरहेको जनाइएको छ ।

Share News