काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका प्रदीप पौडेलले पार्टीका नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई तथा शुभकामना दिएका छन् ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई बधाई दिँदै कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक जिम्मेवारी प्राप्त गरेको बताएका छन् ।
उनले कांग्रेसमा परिवर्तन र देशमा रूपान्तरण गर्ने संकल्पसहित आफूहरू अघि बढेको उल्लेख गरेका छन्। बाटो सहज नभए पनि चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ,’ पौडेलले लेखेका छन् ।
उनले अब अलमलिने र थाक्ने छुट नभएको उल्लेख गर्दै थापाको नेतृत्वमा पार्टीलाई नयाँ दिशामा अघि बढाउन आफू इमानदार सहयात्रीका रूपमा सँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।