दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

काठमाडौं । दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोडिएको हो ।

आर्थिक वर्ष २०७९/८० देखि ठेक्का सम्झौता गरी दोलखा जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

सडक डिभिजनले पटक पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढाएपछि ठेक्का सम्झौता तोडिएको हो ।

ठेक्का तोडिएपछि बाँकी काम सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्याङ्कन गरी कायम हुने रकम ३० दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल गर्ने सूचना जारी गरिएको छ ।

null

Share News