काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए ।
त्यसअघि २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । यस्तै, उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो । यसअघि उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन् ।