कांग्रेस महाधिवेशनमा भरतराज ढकालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

युवा उद्यमी तथा सफल बैंकर्स ढकालले पेशागत विज्ञको क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा मंगलबार (आज) उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी नेपाली कांग्रेसको १५ औं अधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ बाट १००९ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

बैंक तथा वित्तीय क्षेत्रमा लामो समय बिताएका ढकाल मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत हुन् । 

उनी डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष र मुक्तिनाथ कृषि कम्पनीको प्रबन्ध सञ्चालक तथा अध्यक्ष पनि हुन् ।

ढकाल लामो समयदेखि बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै आएका विज्ञको रूपमा परिचित रहेका छन् ।

Share News