डा. सुनिल शर्माले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । डा. सुनिल शर्माले नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशन सुरु हुनुअघि शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

Share News