काठमाडौं । काठमाडौंमा चाडपर्वलक्षित प्रहरी परिचालन हुने भएका छन् ।
शुक्रबार काठमाडौं प्रहरी परिसरमा पत्रकार सम्मेलन गर्दै परिसरका प्रवक्ता दानबहादुर थापाले काठमाडाैंमा चाडपर्वलक्षित ३ हजार ५०६ सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए ।
बसपार्क, सवारीसाधन व्यवस्थापन गर्ने क्षेत्र, आर्थिक कारोबार हुने क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र लगायतका ठाउँमा सुरक्षाकर्मी परिचालन गरिने परिसरले जनाएको छ ।
त्यस्तै, सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने भएको छ ।
कुकुरसहितको चेकजाँच, ड्रोन परिचालन गर्ने रणनीति बनाएको थापाले बताए ।