काठमाडौं । ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सवारीमा दुई चालकको व्यवस्थालाई कडाइका साथ लागु गर्ने भएको छ ।
चाडपर्व लक्षित यात्रालाई ध्यान दिँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन यातायातमा दुई चालक राख्नैपर्ने नियम कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको हो ।
थकानका कारण हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले यो नियमको पालनामा कडाइ गर्न लागेको हो । नियमको पालना नगर्नेलाई कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।
चाडपर्वमा यात्रुको चाप बढ्ने हुँदा सवारीको अवस्था, भाडा तथा टिकटमा हुने अनियमिततासमेत निगरानी हुने ट्राफिक प्रहरीको भनाइ छ ।