हिमलुङ हिमपहिरो : २ जनाको शव भेटियो, १४ अझै सम्पर्कविहीन

काठमाडौं । मनाङको नार-फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा सम्पर्कविहीन आरोही तथा सहयोगीमध्ये २ जनाको शव फेला परेको छ ।

नेपाल पर्वतरोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार २ जनाको शवलाई आज काठमाडौं ल्याइँदैछ ।

अध्यक्ष शेर्पाले अझै १४ जनाको अवस्था भने अज्ञात नै रहेको जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका १४ जना सम्पर्कविहीन भएका हुन् । 

अहिले एनएमए रेस्क्यु संयोजक विक्रम कार्कीको संयोजकत्वमा अहिले खोजी तथा उद्धार कार्य भइरहेको उनले बताए । 

Share News