धनुषामा घर भत्किँदा एक महिलाको मृत्यु

काठमाडौं । धनुषामा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । 

मिथिला नगरपालिका –११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक रहेको आँपगाछी चोकमा घर भत्किएर स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । 

टिनको छानो भएको काठको घर अविरल वर्षाको कारण पहिरो गई आज बिहान ९ः५० बजे पुरिएको थियो ।

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश नक्टाझिज धनुषा, सुरक्षा बेश गौरीडाँडा महोत्तरी, नेपाल प्रहरी र  नेपाली सेनाको संयुक्त उद्दार टोलले जेसिबिको सहयोगमा शव निकालेर पोस्टमार्टमको लागि बर्दिवास अस्पताल महोत्तरीमा पठाएको छ  ।

Share News