कालीगण्डकीको बाढीले बगायो स्याङ्जा र गुल्मी जोड्ने बेलिब्रिज, यातायात ठप्प

काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जिल्ला जोड्ने महत्त्वपूर्ण बेलिब्रिज बगाएको छ । 

आइतबार बिहान आएको भीषण बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हार्मिचौर जोड्ने पुल बगाएको हो ।

बगाएको बेलिब्रिज १४४ मेगावाट क्षमताको कालीगण्डकी 'ए' जलविद्युत् आयोजना निर्माणका क्रममा स्थापना गरिएको थियो ।

आयोजना कालदेखि नै सञ्चालनमा आएको यो पुलले दुई जिल्लाबीचको सहज पहुँच र स्थानीय बासिन्दाको दैनिक यातायातमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको थियो ।

बाढीले पुल बगाएपछि स्याङ्जा र गुल्मीबीचको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । जसका कारण स्थानीय बासिन्दा तथा आवतजावत गर्ने यात्रुहरू समस्यामा परेका छन् ।

Share News