काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका संस्थापक सेयरधनी कम्पनी सोफिया इन्भेष्टमेन्ट प्रालिका सेयरधनी किरणमान शेरचनले आफ्नो नाममा रहेको १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक साविक समूह ‘क’ का विद्यमान संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आह्वान गरेको छ । बैंकका अनुसार इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता वा कुल रकमसमेत खुलाएर बैंकमा लिखित जानकारी दिनुपर्नेछ ।
शेरचनको नाममा रहेको उक्त सेयरसँग सम्बन्धित लाभ तथा दायित्वसमेत बिक्री गर्न खोजिएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन–२०८२ को इ.प्रा. निर्देशन नं. १०/०८२ बमोजिम संस्थापक सेयर बिक्रीको प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।
इच्छुक संस्थापक सेयरधनीले बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।