काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।
अल्बानिजले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग संयुक्त राष्ट्रसङ्घमा भेट भएको जानकारी दिँदै बाढी प्रभावितका लागि अष्ट्रेलियाले गरिरहेको सहयोगबारे जानकारी गराएको बताए ।
उनले बाढीपछि नेपालमा बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति आफ्नो ध्यान र सहानुभूति रहेको उल्लेख गरे ।
'बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति हाम्रो विचार र सहानुभूति छ,' उनले लेखेका छन् ।
नेपाल विनाशकारी बाढीबाट प्रभावित भएर पुनःस्थापना र पुनर्निर्माणको चरणमा रहेकाले अष्ट्रेलिया नेपाली जनतासँगै उभिएको अल्बानिजले बताए । आवश्यक परेको स्थानमा सहयोग पुर्याउन अष्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने उनको भनाइ छ ।
अल्बानिजले नेपालमा बाढीबाट प्रभावित तथा क्षति बेहोरेका परिवारप्रति अष्ट्रेलियाको गहिरो समवेदना रहेको उल्लेख गर्दै अहिलेसम्म गरिएका सहायता प्रयासबारे समेत प्रधानमन्त्री शाहलाई जानकारी गराएको बताए ।