७५३ वटै स्थानीय तह र ७७ जिल्लाका प्रजिअलाई 'हाई अलर्ट'मा बस्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं  । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् ।

भारी वर्षाका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरूको सुरक्षामा विशेष ध्यान दिने उनले स्थानीय तहलाई आग्रह गरेका हुन् । 

’’सबै ७५३ स्थानीय तहको विपद् व्यवस्थापन समितिलाई आवश्यक पूर्व तयारी र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न भनिएको छ । आफू सुरक्षित रहँदै विपद् कार्यमा तत्पर रहन भनिएको छ,’’ प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । 

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ उनले बताए ।   जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको जानकारी प्रधानमन्त्रीले दिएका छन् । 

सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउँदै विपद् प्रतिकार्यका लागी पूर्ण तयारी गरिएको उनको भनाइ छ । प्रधानमन्त्री बालेनले राति यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । 

Share News