काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
बिहीबार दिउँसो काठमाडौं आएका भारत केरलाका मोहम्मद चेरा थोडीलाई शंकास्पद गतिविधिका गरेकाले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबईको उडानमार्फत उनी काठमाडौं आएका हुन् ।
विमानस्थलमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री कट्टुभित्र प्लास्टिकमा पोको पारेर उनले लुकाइछिपाई ल्याएका थिए ।
सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल करिब ५३५ ग्राम रहेको छ ।
पक्राउ परेका थोडीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।