काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्रका कमी–कमजोरी सच्याउँदै एकताबद्ध भएर अघि बढ्न सके जनताबीच पार्टीको प्रभाव पुनःस्थापित गर्न सकिने बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको जारी तेस्रो बैठकमा आफ्ना धारणा राख्दै रिजालले पार्टीले पछिल्ला चुनौतीको समीक्षा गर्दै कमजोरी सच्याउनुपर्नेमा जोड दिएका हुन् ।
उनले पार्टीभित्र देखिएका समस्या र चुनौतीलाई समाधान गर्दै एकताबद्ध रूपमा अघि बढ्न सके एमालेले जनताबीच आफ्नो विश्वास र प्रभाव पुनःस्थापित गर्न सक्ने धारणा राखेका छन् ।
रिजालले सामाजिक सञ्जालमार्फत बैठकमा आफ्नो धारणा राखेको जानकारी दिँदै ‘आफ्ना कमी–कमजोरी सच्याउँदै एकताबद्ध रूपमा अघि बढ्दा पार्टीलाई जनताका बीचमा पुनःस्थापित गर्न सकिन्छ’ भन्ने विश्वास व्यक्त गरेका छन् ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्व, संगठन सञ्चालनको शैली, पार्टीको आगामी दिशा र आन्तरिक सुधारका विषयमा नेताहरूले फरक–फरक धारणा राखिरहेका बेला रिजालको भनाइ आएको हो।