भन्सारले २५ दिनमै उठायो १ खर्ब २ अर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असाेज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षका लागि विभागले ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । लक्ष्यको तुलनामा असाेज ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ संकलन भएको हो । 

तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएर सञ्चालनमा नरहेको अवस्थामा पनि भन्सार प्रशासनले १ खर्बभन्दा बढी राजस्व संकलन गरेको हो ।

विषम परिस्थितिका बीच असाेज ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अब भन्सार विभागको मुख्य ध्यान बाँकी ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा केन्द्रित हुने मन्त्रालयले जनाएको छ ।

Share News