काठमाडौं । अध्यागमन विभागले १० हजार जनाको पासपोर्टलाई कालोसूचीमा राखेको छ ।
विभागका प्रवक्ता टीकाराम ढकालले नेपाली र विदेशी नागरिकको पासपोर्ट रोक्का गरिएको जानकारी दिए ।
६ हजार नेपाली र ४ हजार विदेशी पासपोर्ट रोक्का गरिएको हो ।
नेपाल प्रहरी, कारागार व्यवस्थापन विभाग, अदालत, सम्पत्ति शुद्धीकरण विभाग, सहकारी विभाग र अख्तियार दुरुपयोग जस्ता सरकारी निकायका पत्राचारको आधारमा १० हजार जनाको पासपोर्ट रोक्का गरिएको हो ।
प्रवक्ता ढकालका अनुसार विभिन्न सरकारी निकायबाट आएको पत्रले नागरिकताको आधारमा राहदानी रोक्का गरिएको हो ।
नयाँ प्रणालीमा आएपछि ४ हजार विदेशी र ६ हजार नेपालीको राहदानी रोक्का गरिएको हो । कालोसूचीमा परेकाको इम्मी पोर्टमा राखिएका थियो । सन् २०१८ देखि नयाँ नेपाली पोर्टमा स्थानान्तरण गरिएको छ ।
कालोसूचीमा परेका पुरानाहरूकोसमेत विवरणहरू नयाँमा ल्याइएको ढकालको भनाइ छ । क–कसको राहदानी रोक्का गरिएको भनेर खुलाउन नमिल्ने उनले जानकारी दिए ।
'विदेशीहरूको हकमा भने नेपालमा विभिन्न कसुरमा अपराध गरेकाहरूको पासपोर्ट रोक्का गरिएको हो,’ उनले भने, ‘नेपालबाट निष्काशन गरिएका विदेशीको राहदानी रोक्का गरिएको हुन्छ । उनीहरूका लागि निश्चित समयका लागि राहदानी रोक्का गरिएको छ ।'